Thursday, September 17, 2009

रावासावा प्राज्ञिक समाजको ऐतिहासिक साधरणसभा सम्पन्न

काठमाडौं/रावासावा प्राज्ञिक समाजको प्रथम ऐतिहासिक साधरणसभा काठमाडौंको बानेश्वर क्याम्पसमा भर्खरै सम्पन्न भयो । सो ऐतिहासिक भेलाले १३ सदस्यीय कार्यसमितिको चयन गरेको छ । नवनिर्वाचित पदाधिकारीहरुमा अध्यक्ष डा. बिष्णु राई, उपाध्यक्ष टंक भट्टराई, उपाध्यक्ष शान्तिराम राई महासचिव धनप्रसाद सुवेदी, सचिव सुरेश हाँचेकाली, कोषाध्यक्ष भगवती रोका, तथा सदस्यहरुमा क्रमशः बम बानिया, किशोर चाम्लिङ, डक्टर किरात, कृपासुर कार्की, रोशना रश्मी, रुपकुमार राई, उत्तम मैनाली रहनुभएको छ ।